दफा १३
कोषमा रूपैयाँ जम्मा हुन आएपछि कोषले गर्ने काम
(१) दफा १२, १२ख. र १२ग. बमोजिम कोषमा रूपैयाँ जम्मा हुन आएपछि प्रत्येक कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको नामबाट जम्मा हुन आएको रकम सो कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको नामको खातामा जम्मा गरिनेछ ।
(२) कोषले प्रत्येक वर्ष साल तमाम भएपछि कर्मचारीको तलबबाट महीना महीनामा कट्टी भएको रकम कार्यालयबाट थप भएको रकम र अन्य कट्टी वा थप भएको रकम तथा त्यसरी जम्मा हुदै आएको रकममा पाएको ब्याज समेत खुलाई समर्थन पत्र वा वार्षिक विवरण कर्मचारीलाई दिनेछ ।
(२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वरोजगारमा संलग्न व्यक्तिको हकमा तत्सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) कोषले प्रत्येक कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिलाई परिचयपत्र दिनेछ ।
(४) उपदफा (२) र (३) बमोजिम परिचयपत्र ………..दिंदा वा त्यस्तो परिचय पत्र ………हराए, च्यातिए वा धमिलिएमा अर्को परिचयपत्र …………….. दिंदा कोषले त्यसको दस्तुर तोकिदिन सक्नेछ ।